शिक्षा

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको उपाध्यक्षमा भद्रको उम्मेदवारी

७ असार, धरान । यही असार १० गते हुन गईरहेको त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचनमा पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका कर्मचारी नेता भद्रबहादुर तामाङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी समूसहको चुनाव चिन्ह कलशवाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् । सफल र कुशल कर्मचारी नेताका छवि बनाएका उनले त्रि.वि. प्रजातन्त्रवादी कर्मचारी संघको केन्द्रीय सदस्य र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानको ईकाई अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको छाता संगठन त्रि.वि. कर्मचारी संघ, पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानको ईकाई अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् । प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी समूहबाट अध्यक्ष पदका उम्मेदवार पुण्यप्रसाद आचार्य नेतृत्वको समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका उनी सर्वाधिक लोकप्रिय कर्मचारी नेताका रुपमा समेत देखिएका छन् । संस्थागत सुधार एवम् पेशागत हकहित र मर्यादाका लागि सहमति, सहकार्य, सह–अस्तित्व र वृत्ति विकासका लागि हाम्रो अभियान भन्ने नारा लिएर आफु र आफ्नो समूसहको निर्वाचन अभियानको शिलशिलामा उनी प्रदेश १ मा रहेका विभिन्न क्याम्पसहरुमा निर्वाचन प्रचार–प्रसार र मत माग्दै पुगिरहेका छन् । उनको यस अभियानमा सदस्य पदका उम्मेदवार क्षे.प.नि.का. विराटनगरका शंकर दाहाल सहितका कर्मचारी नेताहरुको
संलग्न रहेको छ ।

उच्च शिक्षाको विरासत वोकेको देशकै जेठो विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको आधिकारीक र साझा छाता संगठनको हुन गईरहेको निर्वाचनमा निरन्तर कर्मचारीको पेशागत हकहीत र शिक्षाको गुणस्तर वृद्धिका लागि जिम्मेवारीपूर्ण नेतृत्वदायी भुमिका निर्वाह गर्दै आफ्नो कुशल नेतृत्वपना र कार्यक्षमता देखाइसकेका उनी केन्द्रीय पदाधिकारीको उम्मेदवारी दिनेमा प्रदेश १ कै एक्लो रहेका छन् । समन्वयकारी नेतृत्वशैली, मिलनसार, लोकप्रियता र कार्यक्षमताका कारण उनको जीत सुनिश्चित भएको कर्मचारीहरु बताउंछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य गरी २५ सदस्यीय त्रिवि कर्मचारी संघको केन्द्रीय कार्यसमितिको निर्वाचन हुन लागेको हो ।