प्रदेश 1

इटहरी नगरपालीकाभित्र एकीकृत कल्याणद्वारा रक्तदान

११ असार, इटहरी । एकीकृत कल्याण फाण्डेशन नेपालले आज इटहरीमा रक्तदान कार्यक्रम गरिरहेको छ ।
संस्थाकी अध्यक्ष रजिना तिमिल्सिनाले यसभन्दा अगाडी ४ पटक रक्तदान गरेको र यो पाँचौंपटक भएको बताउँदै रगतको अभावका कारणले कसैको पनि निधन नहोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताईन् ।
इटहरी नगरपालीकाको भित्रको प्रांगणमा गरिएको रक्तादान कार्यक्रममा इटहरी नगरपालीकाका मेयर हेमकर्ण पौडेल, वडा नम्बर ६ का अध्यक्ष दिवश पोख्रेललगायतको सहभागीता हुनेछ ।
इटहरीका युवाहरुद्वारा संचालित संस्थाले रक्तदान जिवन दान भन्ने नाराका साथमा आज बृहत रक्तदान कार्यक्रम गरेको र उक्त कार्यक्रममा रक्तदान गर्न सार्बजनिक आह्वान गरेको छ ।