आर्थिक

सन्राइज बैंकद्वारा बर्दिबासका ५० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

१३ असार, काठमाडौं । सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब
तथा विपन्न वर्गका विद्यार्थीहरुलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामाग्रीहरु बैंकको मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्ग बहादुर सिंहले संयुक्त रुपमा वितरण गरेका हुन् । बैंकले विद्यार्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । विद्यालयका प्रधानाध्यापक दिलीप कुमार तिवारीले बैंकलाई धन्यबाद दिंदै आगामी दिनहरुमा बैंकसंग सहकार्य गरी विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने योजना रहेको समेत जानकारी गराए । कार्यक्रममा बर्दिबास नगरपालिका वडा नं.२ का वडा अध्यक्ष धिरेन्द्र कुमार सिंह लगायत अन्य समाजसेवी र वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहेको थियो ।