लुम्बिनी

वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु


१४ असार, रुपन्देही । वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।

उनका अनुसार बरहीको शवलाई परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।