शिक्षा

त्रिवि कर्मचारीमा सङ्घमा कार्की निर्वाचित

१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् । प्रगतिशिल कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै विजय भएका हुन् । कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र लामा, प्रदेश नं १ को उपाध्यक्षमा पुष्कर खनाल, मधेस प्रदेश उपाध्यक्षमा विजय कुशवा, बागमती प्रदेश उपाध्यक्षमा रविलोचन श्रेष्ठ, गण्डकी प्रदेश उपाध्यक्षमा प्रजापति पराजुली, लुम्बिनी प्रदेश उपाध्यक्षमा माधव ज्ञवाली, कर्णाली प्रदेश उपाध्यक्षमा ईश्वरी रेक्ष्मी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मिग्मा दोर्जे शेर्पा निर्वाचित भएका छन् । 

यस्तै महासचिव मा सिर्जना भोमी, सचिवमा उज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भएका छन् । यही असार १० गते ७३ मतदान केन्द्रमा कूल चार हजार ९७९ मतदातले मतदान गरेका थिए । सङ्घको प्रत्येक तीन÷तीन वर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने गर्दछ ।