तस्विरहरु

आर्थिक संकटपछि जनताद्वारा श्रीलंकाको राष्ट्रपति भवन कब्जा (तस्विरहरु)

२५ असार, कोलम्बो । श्रीलंकामा भएको महंगी, आर्थिक संकटका कारण आजीत भएका जनताले राष्ट्रपति भबन कब्जा गरेका छन् । हजारौंको संख्यामा आएका सर्बसाधारणले राष्ट्रपति भवन कब्जा गरी राष्ट्रपति निवासको स्वीमिगं पुलमा पौडी खेल्ने, राष्ट्रपति सुत्ने ओछ्यानमा सुत्नेलगायतका कार्यहरु गरेका समाचार एजेन्सहरुले बताएका छन् ।
प्रधानमनत्रीले सर्बदलीय सरकारका लागिष् राजीनामा दिने बताईरहेका बेला आक्रोशित जनताले उक्त कार्यालय नियन्त्रणमा लिएका छन् ।
सुरक्षाकर्मीले भीड नियन्त्रणमा लिन अश्रु ज्ञास, पानीको फोहोरालगायत प्रयोग गरेपनि उक्त भीडलाई नियन्त्रण गर्न सुरक्षा निकाय असफल भएको छ । राष्ट्रपति सुरक्षीत रहेको भनिएपनि कहाँ छन् भन्ने स्पष्ट छैन । तस्विरहरु