स्वास्थ्य

सन्राइज बैंकले भक्तपुरमा आयोजना ग¥यो निःशुल्क स्तन तथा पाठेघर चेक जाचँ शिविर

२९ असार, काठमाडौँ । सन्राइज बैंक लिमिटेडको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा संभावित रोग समयमै पहिचान गरि जोखिम न्युनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको भक्तपुर शाखा प्रबन्धक नीरज अमात्यले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा वरदायणी आधारभुत विद्यालयको प्राङ्गण, भगवतीस्थानमा गरिएको हो ।

असार २३ र २५ गते दुई दिन चलेको उक्त अन्तरक्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा करिब १२० जना स्थानीय महिला सहभागी भएका थिए । सो स्वास्थ्य जाँचपछि निःशुल्क औषधी पनि वितरण गरिएको छ । बैंकले केही समय अगाडी पनि नेपाल मधुमेही समाज सँगको सहकार्यमा काठमाडौंको ओमबहालमा नि शुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको थियो ।
बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुट
रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म र अस्पताल भर्ना र इएम् खर्च गरी रु १ लाख सम्म बीमा बापतको रकम समेत दिदै आएको छ ।