शिक्षा

कार्यालय सहयोगी ३०औँ पटकमा एसइई उत्तीर्ण

१३ साउन, गोदावरी । कैलारी गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ५३ वर्षीय भागिराम चौधरीले सोही विद्यालयबाट ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन् ।

उनले यस वर्ष २ जिपीए ल्याएर उत्तीर्ण भएका विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए चौधरी वि.सं २०५२ बाट कार्यालय सहयोगीका रूपमा कार्यरत छन् ।

यस वर्ष एसइई पास भएपछि धेरै खुसी भएको जनाउँदै उनले भने, “अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने तयारी गरेको छु । कैलारी–६ बनकट्टा गाउँका चौधरीले वि.सं २०४८ मा दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलोपटक एसएलसी दिएको बताए ।

कोरोना महामारीको क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामका आधारमा एसइईको नतिजा सार्वजनिक गरिएको थियो । तर चौधरीले लेखेरै पास गर्छु भनेर फाराम नभरेको बताइएको छ ।