राजनीति

‘संसद् जीवित रहनु संविधान अनुसार’ : पोखरेल

२३ साउन, मोरङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखे । उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताएका हुन् । पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा  व्यक्त  गरे ।