मनोरञ्जन

विनोद बमको सम्पादनमा लक्ष्मी दर्नालको “नाकको फुलीू”सार्वजनिक (भिडियो) सहित

१७ भाद्र, काठमाण्डौ । नेपाली लोक दोहोरी क्षेत्रमा मोडलिङ्ग तथा गायनको भूमिकाबाट आम दर्शक श्रोता माझ परिचित नाम लक्ष्मी दर्नालको प्रस्तुति लोक दोहोरी गीत “नाकको फुलीू” सार्वजनिक भएको छ ।

उनले केहि समय अगाडी मात्रै नेपाली नारीहरुको महान चाड हरितालिका तीज विशेष गीत “माइतीको आगनी”बजारमा ल्याएकी थिईन् । यहि गीतहरुको चौतर्फी सफलता पछी लक्ष्मीको यो पछिल्लो प्रस्तुति हो । प्रस्तुत गीतमा लय सुफिक्स मदनको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । निकै रोमान्चक सैलिको यस गीतमा सानु के.सी स्मृति गौतम र रामकुमार खतिवडाको सुमधुर स्वर रहेको छ ।

गीत सुन्दा केहि भल्गर जस्तो लागेता पनि यस गीतले समाजका विकृति र विसंगति विरुद्ध प्रहार गरेको छ । “नाकको फुली”बोलको गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं र अनु पराजुलीको आकर्षक अभिनय देख्न सकिन्छ । जुनतारा इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन विनोद बमले गरेका छन् ।