मनोरञ्जन

भजन स्टार सशान र उन्नतिकोको  ‘बोलिदेन पापी मन’ सार्वजनिक

१८ भाद्र, काठमाण्डौ । पछिल्लो समयका चर्चित भजन गायक हुन् सशान कंडेल ।

अहिलेका नयाँ पुस्ता देखि बृद्धबृद्धा , बालबालिका सबैलाई भजन मार्फत मोहनी लाउन सफल भएका छन् । उनै भजन स्टार सशान कंडेलको पछिल्लो भजन  ‘बोलिदेन पापी मन ‘ सार्वजनिक गरिएको छ।

भजन सार्वजनिक भए संगै सबै तिरबाट चौतर्फी माया यो भजनले पाएको छ। सशानलाई भजनमा गायिका उन्नती कंडेलले साथ दिएकी छिन् । चर्चित भजन गायक हिरालाल कंडेलको आफ्नै सुपुत्री हुन उन्नती कंडेल। उनको पनि यो क्षेत्रमा एकदमै संभावना देखिएको छ। निकै नै मिठास र कर्णप्रिय रहेको छ उनको स्वर। सम्बन्धमा सशान र हिरालाल कंडेल दाजुभाइ हुन् ।

हिरालाल कंडेल कै शब्द संगीतमा तयार पारिएको यो भजनलाई सन्जय हमालले संगीत संयोजन गरेका हुन। भजनको भिडियोलाइ उत्कृष्ट ढङ्गले छायांकन गरिएको छ ।सम्पुर्ण कलाकारहरुको उत्कृष्ट अभिनयले सुनमा सुगन्ध थपिदिएको छ । दिपक गौतम, प्रदिप ओझा, प्रकाश सापकोटा ,पुस्पा आचार्य लगायत कलाकारहरुको उत्कृष्ट अभिनयले सजिएको भिडियोमा दिपक गिरिको छायांकन, बिकाश दाहालको सम्पादन अनि स्वयम सशान कै निर्देशनमा तयार भएको छ।