अन्तर्राष्ट्रिय

अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न इरान तयारः प्रवक्ता

३ असोज, तेहरान । अमेरिकासँग आफ्ना बन्दीहरु आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरु अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न तयार रहेको जानकारी दिएका छन् ।

इरानी समाचार समिति, इस्नासँग उनले भनेका छन्– हामी अमेरिकासँग बन्दीहरु आदानप्रदान गर्न पहिले पनि तयार थियौँ र अहिले पनि हामी तयार नै छौँ ।

उनले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको जानकारी गराए । यस विषयमा केही समयअघि भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको जानकारी पनि सो समाचार समितिसँग उनले दिएका छन् ।