अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा १९ हजार चार सय सात कोरोनाका नयाँ सङ्क्रमित

३ असोज, सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ ।

यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा १९ जनाले बढेर ५०८ पुगेको छ । सङ्क्रमणको कारण ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै मृतकको सङ्ख्या २७ हजार आठ सय ६७ पुगेको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको छ ।