आर्थिक

बजाजको नयाँ बाइक ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न

३ असोज, काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न गरेको छ ।

यहि भदौ २८ गते बिर्तामोडबाट शुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रम गर्दै सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

देशका मुख्य शहरहरूमा भएको यस लन्चिङ कार्यक्रममा गायकहरू प्रमोद खरेल, टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीको प्रस्तुती रहेको थियो । यसै गरी नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । आधाको आधामा भनेको मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने हो । त्यस्तै एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

पल्सरको एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।