मनोरञ्जन

एएमएस नेशनल सम्मान तथा अवार्ड कार्यक्रम हुँदै

४ असोज, काठमाडौँ । एएमएस म्यूजिक एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले एएमएस नेशनल सम्मान तथा अवार्ड कार्यक्रम गर्ने भएको छ । एएमएस म्यूजिक एण्ड इन्टरटेनमेन्टले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई उनीहरूका कार्यको प्रोत्साहन तथा सम्मानका साथै पर्यटन प्रवर्द्धनका लागि सहयोग पुयाउने उद्देश्यले यही असोज ९ गते हायत रेजेन्सी होटल, बौद्धमा एएमएस नेशनल सम्मान तथा अवार्डद्वारा सम्मान गर्ने भएको हो ।

‘हाम्रो संस्कृति हाम्रै पहिचान, स्रष्टा कलाकारको सम्मान’ भन्ने मूल नाराका साथ भव्य र सभ्य रुपमा समपन्न हुन गइरहेको समारोहमा विशिष्ट गीतकार किरण खरेल लाई “दीर्घ साधना सम्मान लाइफ टाइम एचिभमेन्ट अवार्ड” बाट सम्मानित गर्न लागेको आयोजक टिमले जानकारी दिए । देशकै विशिष्ट व्यक्तित्वको आतिथ्यतामा हुने यस समारोहमा स्रष्टा, सर्जक, प्रस्तोता, कलाकार, प्रविधिक, सञ्चारकर्मी, व्यवसायी, पर्वतारोही तथा विमान चालक लगायत समाजका विविध क्षेत्रमा विशिष्ट योगदान पुयाएका व्यक्तित्वलाई समेत सम्मान तथा अवार्ड प्रदान गर्ने अध्यक्ष सत्यकला तामाङ लामाले बताइन् ।