अन्तर्राष्ट्रिय

फ्रान्सेली विदेशमन्त्री किभमा

११ असोज, किभ । फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किभ पुगेका छन् ।

रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणमा मङ्गलबार किभमा पुगेका छन् ।

‘शुभ प्रभात युक्रेन, यो फिर्ता आउन राम्रो छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । युक्रेनका लागि फ्रान्सेली राजदूत एटिन डे पोन्सिन्ससँग किभमा हिंडिरहेको तस्वीर पोस्ट गरिएको समाचारमा जनाइएको छ ।