अन्तर्राष्ट्रिय

युक्रेनका केही भाग गाँभ्ने रुसी निर्णयको अमेरिकाद्वारा तीव्र आलोचना

१५ असोज, पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार युक्रेनी भू–भाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भू–भाग फिर्ता लिन रुस विरुद्धको युद्धमा युक्रेनको साथमा रहेको समेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्,– रुसको चार युक्रेनी क्षेत्र गाँभ्ने कदम अवैध भएको, यसले अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमिकता को गम्भीर उल्लङ्घन” गरेको बताएका छन् ।

“फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भू–भागमा पूर्णस्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुनःप्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिनेछ,” उनले ट्वीटरमा लेखेका छन् ।


राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई “छिटो र गम्भीर मूल्य” चुकाउनुपर्ने चेतावनी दिएको छ । 

उक्त कदमलाई “अवैध” भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैं युक्रेनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिकरूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनःप्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने  बताएका छन् ।