राजनीति

काठमाडौं १ मा प्रकाशमानले पाए टिकट, प्रदेश ‘क’मा दिपेन्द्र र ‘ख’ मा सूरजचन्द्र भिड्ने

२३ असोज, काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ प्रकाशमान सिंहले टिकट पाएका छन् ।
गणेशमान पुत्र नेता प्रकाशमानले यस क्षेत्रमा यसभन्दा अगाडी पनि यसै क्षेत्रमा तीनपटक विजय प्राप्त गरेरिसकेका छन् ।
प्रधानमन्त्री बन्छु भन्ने हिसावले नेता सिंहले प्रत्यक्षतर्फ उम्मेद्वारी दिन लागेका हुन् ।
प्रदेश सभा क मा दिपेन्द्र श्रेष्ठ र प्रदेश सभा ख मा सुरज चन्द्र लामिछानेले आधिकारीक रुपमा पार्टीबाट टिकट पाईसकेका छन् । यसभन्दा अगाडी प्रदेश सभामा काँग्रेसले विजय हाािसिल गरिसकेको छ भने प्रदेश सभा ख मा यसभन्दा अगाडी पराजीत भएको भएपनि यसपटक काँग्रेसको सुधार भएको स्थानीयको बुझाई छ ।
केहीबेरमा नेता सिंहसहितका उम्मेद्वारले उम्मेद्वारी दर्ता गर्ने तथगारी गरेका छन् ।
नेपाली काँग्रेसको गणको रुपमा रहेको काठमाण्डौं क्षेत्र नम्बर १ काठमाडौंबासीले राजनीतिक रुपमा महत्वपूर्ण हेर्ने गरेका छन् ।
नेपाली काँग्रेसका पुर्वमहामन्त्री सिंह काठमाडौं उपत्यकाका प्रभावशाली काँग्रेस नेता हुन् ।