कुराकानी

बिबेकशील मतदाताले पुराना अनुहारलाई जिताएर बिगतको जस्तै भुल गर्ने छैनन् – नेता खड्का

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका जुझारु नेता श्यामबहादुर खड्का यति बेला काठमाडौं निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत प्रदेश ‘ख’ मा उम्मेदवार छन् । नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत रहेका खड्का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेल र प्रदेश ‘क’ का उम्मेदवार भैरव सापकोटासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । आफ्ना कुराहरुलाई प्रष्टरुपमा अभिव्यक्त गर्ने हक्कि स्वभावका खड्कासंग गरिएको चुनावी संवाद ।

चुनावी अभियान कसरी अघि बढाइरहनु भएको छ ?
चुनावी अभियान व्यवस्थीत ढंगबाट अघि बढिरहेको छ । मतदाताका घरसम्म पुगेर मत माग्ने काम भइरहेको छ । नेपाली कांग्रेस पार्टीको घोषणापत्र र स्थानिय आवश्यकता अनुसारका एजेण्डा र कार्यक्रम मतदाता माझ पु¥याइ रहेका छौं । बढि भन्दा बढि जनताको घर दैलोसम्म पुगेर आफ्नो उम्मेदवारीका बारेमा छलफल र बहस चलाइरहेका छौं ।
मतदाताको प्रतिक्रिया कस्तो छ ?
अत्यन्त राम्रो प्रतिक्रिया पाएका छौं । हाम्रो पार्टी नेपाली कांग्रेसले प्रतिनिधि सभामा युवा नेता प्रदीप पौडेल, प्रदेश (क)मा भैरव सापकोटा र (ख) मा मलाई उम्मेदवार बनाएको छ । त्यसै गरी समानुपातिक तर्फ प्रदेश सभामा तारा लामा र गंगा सुनारलाई पनि पार्टीले उम्मेदवारका रुपमा अघि सारेको छ । युवा, दलित, जनजाती र खसआर्य समेत मिलाएर समाबेशी टिम बनाएकोले थप राम्रो भएको छ ।
मतदाताले तपाईहरुसंग कस्ता अपेच्क्षाहरु वा गुनासा प्रकट गरेका छन् र तपाईहरुले कस्ता वाचा गर्नु भएको छ ?
क्षेत्र नं. ५ संघीय राजधानीको अत्यन्त महत्वपूर्ण क्षेत्र भएर पनि थुप्रै कामहरु गर्नु पर्ने आवश्यकता देखिएको छ । यहाँ सबै वर्गको मिश्रित बसोबास छ । सबैका आ–आफ्ना समस्या र आवश्यकता छन् । अहिले पनि सडक, ढल, खानेपानी, व्यवस्थीत यातायात, बसोबास, महंगी नियन्त्रण जस्ता आधारभुत समस्याहरुसंग जुध्नु परेको छ । भौतिक विकाससगैं समाजको रुपान्तरण र आत्मीक विकासका आधारहरु खडा गर्नु पर्ने छ । भौगोलिक दृष्टिले पनि यो क्षेत्र विशिष्ट छ । शिवपुरी निकुञ्जदेखी हाडीगाउँको संस्कृतिसम्म फैलिएको यस क्षेत्रमा विकासको फरक–फरक योजना आवश्यक छ ।
क्षेत्र नं. ५ स्वास्थ्य र शैक्षिक क्षेत्रको हबको रुपमा विकास भइरहेको छ । अधिकांश कुटनीतिक नियोगहरु यसै क्षेत्रमा रहेका छन् । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना छ । त्यसैले संघिय सरकार र स्थानिय सरकारसंग सम्वन्य गरेर विकासको खाका बनाउनु पर्ने आवश्यकता छ ।
बुढानिलकण्ठ मन्दिर, टोखा चण्डेश्वरी, बसुन्धरा, टुडालदेवी, भाटभटेनी मन्दिर, हाडीगाउँ जस्ता ऐतिहासिक सम्पदाको संरक्षण गर्नु पर्नेछ । यहाँको भाषा, भेषभुषा जात्रा र पर्वहरु संरक्षण गर्नु पर्नेछ । हामीले यस क्षेत्रको समग्र विकासको प्रतिबद्धता मतदाता समक्ष गरिरहेका छौं ।
तपाईको चुनावी प्रतिस्पर्धा को संग हुन्छ ?
यस क्षेत्रमा कांग्रेसको प्रतिस्पर्धा नेकपा (एमाले)संग नै हो । अघिल्लो निर्वाचनमा संघ र प्रदेशका तीनै सिटमा एमालेले विजयी हासिल ग¥यो । तर अहिले पनि मतदाताले आफ्ना निर्वाचित प्रतिनिधिको अनुहार देख्न पाएका छैनन् ।
चुनाव जिते पछि मतदाताको कुनै वास्ता गरिएको पाइएन । चुनावमा गरेका बाचाहरु कुनै पुरा भएका छैनन् । एक प्रकारले भन्दा क्षेत्र नं. ५ का दुवै प्रदेश सांसदहरु पाँच वर्ष गुमनाम जस्तै बन्नु भयो । अव जनताले फेरी तिनै पुराना अनुहारलाई जिताउने भुल गर्ने छैनन् । जनताले परिर्वतन चाहेका छन् ।
मतदातालाई के अपिल गर्न चाहानु हुन्छ ?
निर्धक्कसंग कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्नुस । हामी गुमनाम हुने छैनौ । तपाईका माझ विकासको नयाँ अध्याय कोर्ने छौं ।