मनोरञ्जन

तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता प्रथमलाई ३५, दोस्रोलाई २५ र तेस्रोलाई २० हजार पुरस्कार


६ कात्तिक, काठमाडौं । तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता घोषणा गरिएको छ ।

अगोम गुरुङको शब्द/सङ्गीत, कुन्ती मोक्तानको स्वर र शिलाबहादुर मोक्तानको एरेञ्ज रहेको तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता घोषणा गरिएको हो । प्रतियोगितामा प्रथमहुनेलाई ३५, दोस्रो हुनेलाई २५ र तेस्रोलाई २० हजार नगद पुरस्कारको घोषणा गरिएको छ ।
कार्यक्रममा सहभागीले अगोम गुरुङको अफिसियल युट्यव च्यानलबाट भिडियो डाउनलोड गरेर टिकटक बनाउनुपर्ने छ । यसका लागि सम्पादन गरेको भिडियो मान्य नुहुने, लाइभ भिडियो हुनुपर्ने छ । यसमा जसको सबैभन्दा बढी शेयर, भ्युजका साथै अभिनय र नृत्यलाई प्राथमिकता दिइने बताइएको छ । प्रतियोगिले शिब कैलाश कला मन्दिरको अफिसियल टिक टक एकाउन्टमा मेन्सन गर्नुपर्ने छ ।
यसको निर्णयक समितिमा वरिष्ट नृत्य निर्देशक÷लोक गायक तथा सङ्गीतकार ईन्द्र गुरुङ, मोडल तथा कारियोग्राफर बेदबहादुर बुढाथोकी (रोशन बुढाथोकी), सञ्चारकर्मी गीता अधिकारी रहेका छन् । यसको संयोजकमा निर्देशक तथा कोरियोग्राफर नारायण रिजाल रहेका छन् ।
कात्तिक २६ गते शनिबार एक विशेष कार्यक्रमबीच विजेतालाई नगद र प्रमाणपत्र दिइने संयोजक रिजालले जानकारी गराए । यही कात्तिक २३ गते विजेता घोषणा गरिने रिजालले बताए ।