राजनीति

नेता घिमिरे आक्रोशित हुँदै भनेः मुलुकका निम्ति लछारपाटो लाउन नसक्नेले धेरै कुरा नगरेकै राम्रो

१० कात्तिक, बिराटनगर । नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले म दुरावस्था झेलिरहेको छ, जसको दृष्टान्त वर्तमान निर्वाचन हो। नेताहरु अहिले आफ्नो अर्थ संग्रहको बलमा चुनाव जित्ने सपना देखिरहेका छन् भनेका छन् । उनले सल्लाह दिँदै भनेका छन्, ‘मुलुकका निम्ति लछारपाटो लाउन नसक्नेले धेरै कुरा नगरेकै राम्रो !’

उनले ट्वीट गर्दै नेपालको राजनीति मूल्य स्खलनको चरम दुरावस्था झेलिरहेको छ, जसको दृष्टान्त वर्तमान निर्वाचन भएको बताएका छन् ।

मोरङ क्षेत्र नम्बर ४ ख बाट नेपाली काँग्रेसका उम्मेद्वारसमेत रहेका नेता घिमिरेले अहिलेको राजनीतिक परिपार्टीसँग असन्तुष्टी जनाउँदै भनेका छन्, ‘नेताहरु अहिले आफ्नो अर्थ संग्रहको बलमा चुनाव जित्ने सपना देखिरहेका छन् र सामान्य कार्यकर्ता चलनचल्तीको बिकृतीका शिकार छन् ।’
प्रतिनिधि सभामा अत्याधिक मतले बिजयी हुने नेता घिमिरेलाई काँग्रेसले प्रदेश सभामा उम्मेद्वार बनाएको छ ।
नेता घिमिरेको ट्वीटः
नेपालको राजनीति मूल्य स्खलनको चरम दुरावस्था झेलिरहेको छ, जसको दृष्टान्त वर्तमान निर्वाचन हो। नेताहरु अहिले आफ्नो अर्थ संग्रहको बलमा चुनाव जित्ने सपना देखिरहेका छन् र सामान्य कार्यकर्ता चलनचल्तीको बिकृतीका शिकार छन्।मुलुकका निम्ति लछारपाटो लाउन नसक्नेले धेरै कुरा नगरेकै राम्रो !