राजनीति

काँग्रेस उपसभापति गुरुङको प्रतिबद्धताः म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न

१२ कात्तिक, काठमाडौँ । नेपाली कँँग्रेसका उपसभापति एबम् नेपाली काँग्रेसको तर्फबाट स्यांजा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेद्वार धनराज गुरुङले आफूले कहिल्यै भ्रष्टाचार नगर्ने बताएका छन् ।
उपसभापति गुरुङले ट्वीट गर्दै म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेका छन् । निर्बाचन प्रचारकान क्रममा गृहजिल्लामा नै रहेका नेता गुरुङले भ्रष्टाचारीहरु देश खोक्रो पार्ने धमिरा हुन त्यसैले देश लाई समुन्नत बनाउनका लागी भ्रस्टाचारको अन्त्य जरुरी छ भनेका छन् ।

उपसभापति गुरुङको ट्वीटः ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न, भ्रष्टाचारीहरु देश खोक्रो पार्ने धमिरा हुन त्यसैले देश लाई समुन्नत बनाउनका लागी भ्रस्टाचारको अन्त्य जरुरी छ’।