राजनीति

निर्बाचनपछि बन्ने काँग्रेस नेतृत्वको सरकारको पहिलो एजेण्डा नै अर्थतन्त्र सुधारः नेता सिंह

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहले निर्वाचन पछि सरकाको  पहिलो दाईत्व अर्थतन्त्रमा सुधार ल्याएको बताएका छन् ।
हाल देखिएको आर्थिक अवस्था चिन्ताजनक रहेकाले यसमा सुधार ल्याउनु  कांग्रेसको मुख्य दाईत्व  रहेको बताएका छन् ।  बिध्मान ऐन कानुनका कारण समस्या भयो भन्ने उद्योगी ब्यवसायीहरुको  आवाज आईरहेकाले यसमा आवश्यक सुधार गर्न कांग्रेस तयार रहेको समेत बताएका छन् ।
           हाल मुलुकमा राजनीति अस्थिरताका कारण नागरिकले चाहे जस्तो सेवासुबिधा प्राप्त गर्न समेत नसको प्रति आफू जानकार रहेको भन्दै  जन चाहाना अनुरुप काम गरेर देखाउन का लागि स्थिर राजनीतिक अवस्था कायम गर्न कांग्रेसलाई मत दिन समेत आग्रह गरेका छन् । मुलुको शासन ब्यवस्थापनमा सबै दलहरु टेस्टेड भैसकेकाले संकटमा कांग्रेस बाहेक अरुले जिम्मेवारी बहन गर्न सक्दैन भन्ने कुरा प्रमाणिात समेत भएकाले  तमाम समस्याको समाधान कांग्रेस पार्टी बाहेकले समाधान गर्न नसक्ने समेत बताएका छन् ।
     कांग्रेसले अवसरपाउदा पटकपटक काम गरेर देखाई सकेकाले यसपटक फेरि मौका दियमा राजनीति स्थाईत्वको जगमा नागरिको चाहाना पूरा गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
नेता सिंहले आज बिहान काठमाडौं क्षेत्र नम्बर १ स्थीत उम्मेद्वारहरुसँग मतदाताको भेटघाट तथा छलफल कार्यक्रममा उक्त कुरा बताएका हुन् । नेता सिंहलाई कतिपय मतदाताले राखेका असन्तुष्टीहरु हटाउँदै मत दिन आग्रह गरेका थिए ।