खेलकुद

सन्दीप लामिछानेलाई मुद्धाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि जेल पठाउन अदालतको आदेश

१८ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघका पुर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कारको अभियोगमा कारागार चलाउन अदालतले आदेश दिएको छ ।
कानून ब्यावशायीको थुनछेक बहसपछि न्यायधशीस माधब प्रसाद घिमिरेको इजलासले १७ बर्षीया किशोरीलाई बलात्कारको अभियोग लागेका क्रिकेटर लामिछानेलाई कारागार चलान गर्न आदेश भएको हो ।
किशोरी बलात्कारको मुद्धामा १० देअी २० बर्ष कैदलगायतका मागसहित जिल्ला सरकारी वकीलको कार्यालयले दायर गरेको मुद्धामा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले सन्दीप लामिछाने निर्दोस रहेको पक्षमा बहस गरेका थिए ।
सन्दीपबिरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार अभियोग लगाउँदै सजायको माग दाबी गरिएको छ ।
‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ कानूनमा उल्लेख छ ।