स्वास्थ्य

२८ जना कोरोना सङ्क्रमित

२० कात्तिक, काठमाडौँ । आज कोभिड–१९ को २८ जनामा सङ्क्रमित थपिएको छ । देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना सङ्क्रमित भेटिएका हुन । आज निको हुने बिरामीको सङ्ख्या १८ जना रहेको छ ।

योसँगै देशभर सङ्क्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७० छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ रहेको छ ।