समाचार

नेता सिंहलाई अर्का स्वतन्त्र उम्मेद्वार दुर्गाले गरे समर्थन

२५ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका स्वतन्त्र उममेद्वार दुर्गा लिम्बूले काँग्रेस उम्मेद्वार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् ।
यस अघि पनि नेता सिंहलाई स्वतन्त्र उम्मेद्वारहरुले समर्थन गरेका थिए । काँग्रेस समर्थकहरुको मन जित्न सफल भएका नेता सिंहलाई पछिल्लो समयमा स्वतन्त्र उम्मेद्वारहरुले समर्थन गर्नु नेता सिंहका लागि निर्बाचन जित्न बल पुग्ने बानेश्वरबासीहरुको बुझाई छ ।
आज एक कार्यक्रम आयोजना गरि उनले आफ्नो समर्थन प्रकाश मान सिहलाई रहेको घोसणा गरेका हुन् । रबिन्द्र मिश्र, पुकार बम, किरण पौडेल रमेश खरेल, बालकृष्ण न्यौपानेलगायतका प्रतिनिधि सभा सदस्यका प्रतयासी भएपनि जनताको तीन पटक मन जितेर साँसद र उपप्रधानमन्त्री बनेका नेता सिंह घरदैलोमा दैनिक हिँड्दा स्थानीयको सकारात्मक रुपमा लिएर नेता सिंहलाई आफुहरुले मत दिने बताएको घरदैलोमा सहभागी काँग्रेसजन बताउँछन् ।