स्वास्थ्य

महालक्ष्मीमा दन्त शिविर

२५ कात्तिक, ललितपुर । सामुदायिक विद्यालय श्रीमहालक्ष्मी उच्चमाध्यमिक विद्यालयका विद्यार्थीहरुको सुविधाका लागि एकदिने दन्त शिविर आयोजना गरिएको छ ।

नेपालको सामुदायिक सहयोग केन्द्रको आयोजनामा बेल्जियमको मेडोरा नामक गैरसरकारी सहयोगमा बिहीबार आयोजित उक्त शिविरमा नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष डा सुभित मास्केको नेतृत्वको १५ सदस्यीय टोलीले अध्यनरत ८०० विद्यार्थीमध्ये २७३ विद्यार्थीको दाँत परीक्षण गरी सामान्य उपचार उपचारसमेत गरेको थियो । थप उपचार गर्नुपर्ने बिरामीलाई भने २५ प्रतिशत छुटमा कृष्ट मेडिकल कलेजमा उपचार गरिने भएको छ ।

यसअघि बेल्जियमका हाँस्यकलाकारद्वय ज्याक र उर्वेनले गिती शैलीमा दाँत माझ्ने तरिकाबारे छात्र छात्रालाई जानकारी गराउनाका साथै छात्र ब्रस र मन्जन पनि वितरण गरेका थिए ।
शिविरमा त्रिविविको इन्ष्टिच्युट अफ मेडिशिन, लायन्स क्लव अफ नेपाल, श्रीमहालक्ष्मी एल्मुनाई एशोसिएशनले प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराएको थियो । शिविरमालायन्स क्लव अफ नेपालका मल्टिपल चेयर पर्शन लायन केशव पाण्डे र मेडोराको प्रतिनिधि डा अनितालगायतले समन्वयात्मक भूमिका निर्वाह गरेका थिए । सो अवसरमा बेल्लीयमबाट आएका बृत्तचित्रकारको टोलीले विद्यालयको गतिविधिका साथै नेपालको विविध साँस्कृतिक सम्पदाको विषयमा बृत्तचित्र बनाएको थियो ।