राजनीति

शिक्षा, स्वास्थ्य, पर्यावरण साथै रोजगार सिर्जना गर्नु प्रमुख एजेण्डाः नेता सिंह

२६ कात्तिक, काठमाडौं । कांग्रेश नेता प्रकाशमान सिहंले चुनावी घर दैलो उत्साह जानक र सकरात्मक भै रहेको बताएका छन् ।
“केन्द्रमा प्रभाव क्षेत्रमा विकाश”चुनावी एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका सिंहले आजको चुनावी घर दैलोको क्रममा, आफ्नो प्रमुख चुनावी एजेण्डा भनेको शिक्षा, स्वास्थ्य, पर्यावरण साथै रोजगार सिर्जना गर्नु रहेको बताएका छन्।
विगत देखि नै शिक्षाको को गुण्स्तर र प्रविधिक, रोजगार मुलक शिक्षामा जोड दिदै आएका सिहंले आफ्नो जितले शिक्षालाई आधुनिकीकरण र रोजगार मुखी बनाउनेमा जोड दिने बताए ।

उचित कानुनको निर्माण गरेर बेरोजगारलाई रोजगारमा परिवर्तन गर्न देशै भरि प्राविधिक शिक्षालाई जोड दिने उहाले बताए । युवालाइ स्वरोजगार बनाउन सरकारको तर्फको बाट वि भिन्न ट्रेनिद्ध सेन्टर खोल्नु पर्ने उनले बताए ।
सामुदायिक विधालयको शिक्षाको गुणस्तरलाई डिजिटलाइजेसन गर्दै शिक्षा क्षेत्रमा रहेको खाडल पुर्ने काम आफ्नो पहिलो प्राथमिकता रहेको उहाले बताए । नेता सिहंले काठमाण्डौ क्षेत्रका नदी, नालाको पर्यावरण सुधारमा विगत देखि गर्दै आएको कामलाई निरन्तर रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।

उहाले मत दाताहरु विगतमा आफुले गरेका कामबाट खुसि भए पनि पानिको समस्या बारे जन गुनासो रहेको र आफुले सधैं यसलाई गम्भिर रुपमा लिए पनि मेलम्चीको पानी खुवाउने सपनामा कहिले प्रविधिक साधै कहिले प्राकृतिक प्रकोप वाधक बन्ने गरेको बताए । उनले मेलम्चीको पानी जति सक्दो चाडो ल्याउने कोशिस भइरहेको जानकारी दिए ।
यस्तै उनले पानीको समस्याको अन्त्यको लागि काठमाण्डौ भित्रका नदिलाई संरक्षण गर्नै वैकल्पिक स्रोत तयार गर्ने सम्वन्धमा काम भैरहेको पनि बताए ।