समाचार

निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौंः अध्यक्ष लामिछाने

३० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावीसभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बताए।

“एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ”, लामिछानेले भने, “अहिलेको चुनावले तपाईंको सन्तानको भविष्य कोर्नेछ ।”