राजनीति

भारी मतका साथ काठमाडौं ४ बाट गगन थापा बिजयी, प्रानमन्त्री बन्ने निश्चित

५ मंसिर, काठमाडौं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभातर्फ काँग्रेस महामन्त्री गगन थापा बिजयी भएका छन् ।
निकटतम प्रतिद्वन्दी नेकपा एमालेका डा राजन भट्टराईलाई ७ हजार ४५६ मतान्तरले भारी मतका साथ थापा काँग्रेसबाट बिजयी भएका हुन् ।
महामन्त्री थापाले २१ हजार ३०२ मत ल्याउँदा डा भट्टराईको १३ हजार ८५५ मत आएको छ । योसहित थापाको तेस्रो पटकको प्रतिनिधि सभामा पाईला गएको छ ।
यसअघि पनि डा राजन भट्टराईसँग नै प्रतिष्र्पा गरेर तीन हजारको हाराहारीमा बिजय भएका थापाले यसपटक दोब्बरभन्दा बढी मतान्तरले बिजय हुन सफलभएका छन् ।
प्रानमन्त्री बन्ने भनेर मतदाताकोमा गएका महामन्त्री थापा प्रधानमन्त्री बन्लान वा नबन्लान त्यो भने मतादाताले हेरेर बसेका छन् । नेपाली काँग्रेस ठूलो दल हुनेतर्फ गईरहेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवा लचक भएमा गगन निश्चिय नै प्रानमन्त्री बन्ने काँग्रेस नेताहरु बताउँछन् ।