समाचार

झापा १ मा विश्वप्रकाश शर्माको अग्रता, एमालेका अग्नि खरेल भारी अन्तरले पछि

५ मंसिर, झापा । देशभरबाट सर्वाधिक चासोको रूपमा हेरिएको झापा क्षेत्र नम्बर १ को सुरुवाती परिमाण आएको छ । जसअनुसार पाँच दलीय गठबन्धनका साझा उमेदवार कांग्रेसका महामन्त्री अगाडि रहेका छन् ।
सुरुको ४ सय मत गणनाको परिमाण सार्वजनिक हुँदा बिश्वप्रकाश शर्माले २१७ प्राप्त गरेका छन् भने एमालेका
अग्नि खरेलले १०३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।