समाचार

तनहुँ २ः प्रतिनिधिसभा भण्डारीसहित प्रदेशसभामासमेत गठबन्धनको अग्रता

५ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका शङ्कर भण्डारी र प्रदेश १ मा नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले अग्रता लिनुभएको छ । प्रदेश २ मा भने मतगणना हुन बाँकी छ ।

कांग्रेसका भण्डारीले दुई हजार छ सय ५१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले दुई हजार एक सय ३२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच सय २० मत प्राप्त गरेका छन् ।

तनहुँ २ प्रदेश १ मा नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले छ सय ८१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का श्यामराजा महतले चार सय ७३ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा एक लाख २५ हजार पाँच मतदाता रहेकामा ६८ हजार दुई सय ७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ