समाचार

डडेल्धुुरा मतगणनाः सभापति देउवा दोब्बर मतले अगाडि

६ मंसिर, काठमाडौं । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् ।
अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरे ।
उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएका छन् भने छ सय ५६ मत बदर भएका छन् ।