खेलकुद

विश्वकपः अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

६ मंसिर, काठमाडौं । कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् ।
कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् ।


आज चार खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबल –२०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । कतार विश्वकपमा समूह ‘सी’ र समूह ‘डी’ को समान दुई दुई खेल हुनेछन् ।
पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजेदेखि सुरुआत हुनेछ ।
यसैगरी तेस्रो खेलमा समूह ‘सि’मा रहेको पोल्याण्ड र मेक्सिको भिडनेछ्न । उक्त खेल राति ९ः४५ बजेदेखि सुरु हुनेछ । त्यस्तै आजै हुने चौथो तथा अन्तिम खेलमा समूह ‘डी’ मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामाना गर्नेछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।