राजनीति

१८ हजार एक सय ६३ मतले पछि पार्दै ललितपुरबाट भारी मतले डा. तोसिमा कार्की निर्वाचित

८ मंसिर, ललितपुर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी भएकी छन् ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित विजयी भएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छन् ।
अमृत खड्कासंग कडा प्रतिपर्धामा रहेकी तोसिमाले अन्त्यमा आफ्नो पक्षमा जीत हाँसिल गर्न सफल भएकी छन् ।