अन्तर्राष्ट्रिय

लैङ्गिक हिंसा अन्त्यका लागि राष्ट्रसङ्घको आह्वान

९ मङ्सिर, काबुल । अफगानिस्तानमा संयुक्त राष्ट्रसङघीय मिशनले तालिबानलाई सार्थक र दिगो शान्ति स्थापना गर्ने प्रयासको महत्त्वपूर्ण भागको रूपमा महिलाविरुद्ध हिंसा र महिला अधिकारको व्यापक ह्रास अन्त्य गर्न तत्काल कदम चाल्न आह्वान गरेको छ ।

विश्वले महिलाविरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस र विश्वव्यापी ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने सक्रियता’ को शुरुवात गर्ने क्रममा यो आह्वान गरिएको हो । विश्वमा महिलाविरुद्धको हिंसाको उच्च दर भएको यस देशमा सन् २०२१ को ग्रीष्मकालदेखि महिलाहरुले उनीहरूका धेरै आधारभूत अधिकारहरू प्रतिबन्धित वा खारेज गरिसकेको छ ।

‘अफगानिस्तानका महिलाहरूको मौलिक अधिकारको संरक्षण गर्न आवश्यक छ र सबै प्रकारका हिंसाबाट मुक्त वातावरणको लागि ठोस कदम चाल्नु आवश्यक छ ’ अफगानिस्तानका लागि महासचिवका विशेष प्रतिनिधि रोजा ओतुनबायेवाले भनेका छन् ।

अफगानिस्तानमा स्थायित्व, समृद्धि र दिगो शान्तिका लागि महिला अधिकारको संरक्षण महत्वपूर्ण कारक हो, अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहयोग नियोग ९युनामा०की प्रमुख ओतुनबायेवाले बताएका छन् ।

युनामाको विज्ञप्तिअनुसार यो अवस्था गम्भीर मानवीय र आर्थिक सङ्कट र महिलाको आवतजावत, काम गर्ने, शिक्षा खोज्ने र सार्वजनिक जीवनमा भाग लिने स्वतन्त्रतालगायतका मौलिक अधिकारमाथिको प्रतिबन्धका कारण अवस्था बिग्रिएको छ ।

यी कारकहरूले केही परम्परागत सामाजिक मापदण्डहरूलाई सुदृढ पार्ने गरी अनुशासन र नियन्त्रणको रूपमा हिंसाको प्रयोगलाई समर्थन गर्ने, महिला र केटीहरू विरुद्ध हुने हिंसालाई सामान्य बनाइने वातावरण सिर्जना गर्न संयुक्त राष्ट्रसङ्घीय मिशनले थपेको छ ।