समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

११ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिएका थिए। बधाई आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष ओली बिजयी भएका थिए भने काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिँह बिजय भएका थिए।