खेलकुद

बिश्वकप पाईनलः अर्जेन्टिनाले फ्रन्सका बिरुद्ध आधा घण्टा अगाडी नै गर्यो दुई गोल

३ मंसिर, काठमाडौं । फिफा बिश्वकप खन्तरगत कतारमा भएको फाईनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई दुई गोल हानेको छ ।
नेपाली समय अनुसार ८.४५ बजे शुरु भएको खेलमा आधा घण्टाभन्दा अगाडी नै अर्जेन्टिनाले फ्रान्सलाई जिरोका बिरुद्धमा दुई गोल गरेको छ ।
बिश्वभर अर्जेन्टिना र मेसीका समर्थकहरुले अग्रीम रुपमा बिजयउत्शब मनाउन थालेका छन् ।
तैपनि अझै ९० मिनटको खेल सकिन धेरै नै बाँकी छ । नेपालीहरुमा धेरैजसो मेसी र अर्जेन्टीनाका समर्थकहरु बढी रहेका र फा्रन्सका पनि कम नरहेको खेल हेर्न बसेकाहरुको बनाई छ ।

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ ।

कतारको लुसेल स्टेडियममा जारी खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले फ्रान्सविरुद्धको खेलमा २–० गोलको अग्रता बनाएको हो । खेलको २३औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको पाएको थियो ।

त्यसपछि खेलको ३६औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका छन् । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।