राजनीति

बिपी, गणेशमान र कृष्णप्रसादलाई सम्झिदैं एकाबिहानै प्रकाशमानले भनेः म राजनीतिलाई असली समाजसेवा बनाउन लागि पर्छु

६ पौस, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिलाई कमाई खाने भाँडो भन्दा पनि असल सेवाको कार्य भन्ने आफूलाई लागेको र त्यसैलाई विकास गर्दै लैजाने बताएका छन् ।
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर -१ का साँसदसमेत रहेका नेता सिंहले आफू अभिभावक भएर राजनीतिमा रहन चाहने भन्दै काँग्रेसलाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई काम गर्ने बाचा जनतासँग गरेको भन्दै पहिलो र दोस्रो संबिान सभा अनि पहिलो र दोस्रो आम निर्बाचनमा बिजय भएकोमा आफूलाई धेरै खुशी लागेको बताए ।
उनले रत्नराज्य स्कुलमा आयोजीत एक बधाई तथाशुभकामना कार्यक्रममा बोल्दै ०६४ सालमा रत्नराज्य स्कुलमा नै प्रतिनिधित्व गर्न काँग्रेसले पाएको भन्दै आफुले बिपी कोईराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराईजस्ता पार्टीका संस्थापक नेताले देखाएको कमाई धन्दा गर्न भन्दा जनसेवा गर्न जनताले पठाएको कुरा आफुलाई जानकारी भएको भन्दै त्यसका लागि सबैं सामुदायीक स्कुलको स्तरोन्नती बढाुने आफुले थप भूमिका खेल्ने बताए ।
उनले शिक्षामा प्रमाणपत्रमात्र ल्याउनेभन्दा गुणस्तर ल्याउने कार्यगर्ने प्रतिबद्धता पत्रमा भएजस्तै बिद्यार्थीलाई सीपसहित उत्पादन गर्न लागि पर्नेमा जोड दिए । उनले प्रदेश साँसद सुरजचन्द्र लामिछाने, वडाध्यक्षहरुसहितको उपस्थितिमा सम्पन्न कार्यक्रममा भ्रष्टाचारको कुरा उठीरहेको कुरा गम्भीर बिषय भएको भन्दै त्यस्ता बिषयमा सबै सचेत भई भ्रष्टाचार उन्मुलनमा लाग्नुपर्ने बताए ।