खेलकुद

प्राज्ना र हनी पहिलो

८ पौस, काठमाडौं । नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २०औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा आज पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनल खेलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।

मन जयकर टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा हङकङका कि छियोङ मोरिस ताङ र वान हिम दोनोभन यिमको जोडीले शीर्ष स्थान कब्जा गरे । उक्त जोडीले फाइनलमा भारतका सिद्धार्थ जीवु र भिभान मिर्धाको जोडीलाई ७–५ र ६–३ को सोझो सेटमा हराए ।