समाचार

ओली–दहालगठबन्धनपछिका देउवाको राजीनामा माग्नेलगायतका यस्ता देखिए राजनीति घटना

११ पौस, काठमाडौं । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल र माओबादीका मन्त्रीहरुले सपथ खाँदा दौरा सुरुवाल लगाएर जाने भएका छन् ।
माओबादलीको भर्खर्रै सम्पन्न बैठकले उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई लैजानेलगायतका निर्णय गरेको छ ।
संसदको सबैभन्दा ठूलो भएको नेपाली काँग्रेस सत्ताबाहिर भएपछि र पुष्पकमल दहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा प्रधानमन्त्री निवासबाट बुढानिलकण्ठस्थीत आफ्नै निवासमा आजै सर्न लागेका छन् ।
सरकारमा राप्रपा र नागरिक उन्मुक्ती पार्टी नजाने तर समर्थनमात्र गर्ने बताएका छन् ।
एमाले, माओबादीलगायतका सरकार घटक दलहरु सरकारमा कसकसलाई पठाउनेलगायतका बिषयमा छलफलमा छन् भने नेपाली काँग्रेसका नेतृत्वगण र जनता समाजबादीका नेतृत्वगण स्तब्ध छन् ।
आईतबारको सत्तापरिवर्तनको एक्कासीको निर्णयपछि राजनीतिक तरंग परिवर्तन भएको छ । आजै बेलुका साढे ४ बजे अध्यक्ष दहालले प्रधानमन्त्रीमा सपथ लिएपछि नेपालको राजनीति पुनः माओबादीमय हुने देखिएको छ । माओबादी अध्यक्ष दहालको नेतृतव भएपनि एमालेलगायतका दलहरु भने उनका पछाडी हुनेछन् ।
काँग्रेसमा ठूलो पार्टी भएर पनि गठबन्धनलाई बचाएर काँग्रेसलाई सरकारबाहिर राखेको भन्दै सामाजिक सञ्जालमा काँग्रेसका सभापति र संसदीय दलका नेता शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् ।