समाचार

माओबादी सत्ता गठबन्धन बैठकः को को जालान पहिलोपटकको मन्त्रीपरिसदमा ?

११ पौस, काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल नेतृत्वको सत्ता गठबन्धनको बैठक शुरु भएको छ ,
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल नेतृत्वमा सरकार बनेपछि सरकारमा जाने पहिलो पटक कसकसलाई मन्त्रीमा सपथ खुवाउने भन्ने बिषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरस्थीत संसद भवनमा बसिरहेको छ ।
रबि लामिछानेको राष्ट्रय स्वतन्त्र पार्टीले भौतिक योजना तथा गृहमन्त्रालय माग गरिरहेको छ भने राजेन्द्र लिंदेनको नेतृत्वको राप्रपा सरकारमा नजाने भनिएपनि बैठकमा भने उपस्थित भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित भएको सत्तागठबन्धन बैठकमा अध्यक्ष दहालले आज सपथ लिएपछि मन्त्रीहरुमा कसकसलाई सपथ खुवाउने त्यो निर्णय आज हुने आँकलन छ ।