स्वास्थ्य

कोभिड-१९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न (पीएचईआईसी) गठन गरेको सोमबार जनाएको छ । यो विश्व स्वास्थ्य सङ्गठनको उच्च सतर्कता स्तर हो ।

कोभिड १९ बाट भएको मृत्यु दर विश्वव्यापी रूपमा वृद्धिको बीचमा यो घोषणा आएको हो । शुक्रबार कोभिड–१९ महामारीको त्रैमासिक मूल्याङ्कन बैठकपछि, डब्ल्यूएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन ९२००५० आपतकालीन समितिले पिएचआइसि सोमबार घोषणा ग¥यो । जसलाई डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले सहमति जनाउनु भएको छ ।

कोभिड–१९ स्वास्थ्य प्रणालीमा ठूलो नोक्सानी पु¥याउने क्षमता भएको खतरनाक सङ्क्रामक रोग बनेको छ । समितिले कोभिड–१९ महामारीले सङ्क्रमणको विन्दुनजिक पुगेको स्वीकार गर्दै विज्ञप्तिमा प्रकाशन गरेको छ ।

यद्यपि सङक्रमण वा खोपले विश्वव्यापी रूपमा जनसङ्ख्याको प्रतिरोधात्मक क्षमताको उच्च स्तरमा पु¥याउन सक्छ र रोग र मृत्युदरको प्रभावलाई सीमित गर्न सक्छ, । ‘यसमा कुनै शङ्का छैन कि यो भाइरस निकट भविष्यको लागि मानिस र जनावरहरूमा स्थायी रूपमा स्थापित रोगजनक रहनेछ,“ समितिले जानकारी दिएको छ ।