शिक्षा

कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै

२० माघ, काठमाडौँ । भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदै छ । दाङको घोराही–५ महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरिँदै छ ।

भाषा आयोगका सदस्य अमर गिरीले कुसुन्डा भाषा संरक्षणका लागि समुदायस्तरबाट लाग्नुपर्ने बताका छन् । लोप हुन थालेको भाषालाई संरक्षण गर्नका लागि भाषा आयोगले कार्यक्रम ल्याएको बताउए । “भाषा कुनै जातिको मात्रै होइन सबैको साझा हो, एउटा भाषा जीवित राख्नमा सम्बन्धित समुदाय पनि जागरुक हुनुपर्छ”, उनले भने ।

भाषा आयोगका सदस्य अमृत योञ्जनले भाषाभित्र व्यापक ज्ञान हुन्छ, भाषा संस्कार र संकृतिसँग जोडिएको बताउए । कुसुन्डा भाषा नेपालमा मात्रै बोलिन्छ । पाठ्य सामग्री तयार गरेर बालबालिकालाई लेख्न लगाउनुपर्नेमा जोड दिनु पर्ने बताए ।

कुसुन्डा भाषा सिकाउनुको उद्देश्यमाथि प्रकाश भाषा आयोगका उपसचिव माधवप्रसाद दाहालले कुसुन्डा भाषा लोपोन्मुख र सङ्कटोत्पन्न भाषा भएकाले ९० घण्टाको समय दिएर सिकाउने गरिएको बताए । उनले नेपालमा एक सय २३ भाषा बोलिन्छ, त्यसमध्ये कुुसुन्डा भाषा पनि एक रहेको बताउए । यो भाषाको व्याकरण निर्माण गरेर पछिल्लो पुस्तालाई सिकाउनुपर्ने उनको भनाइ छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले भाषा संरक्षणमा नगरले सहयोग गर्न तयार गरेको बताउए । शून्यमा झर्न लागेको कुसुन्डा भाषालाई पछिल्लो पुस्ताले घरपरिवार र साथीका बीचमा बढी प्रयोग गरेमा भाषा जीवित हुने बताउए ।

कुसुन्डा भाषाका अभियन्ता एवं पुस्तक लेखक उदयराज आलेले शून्यबाट सुरु गरिएको भाषा अहिले तेस्रो चरणको सिकाइ सकेर चौथो चरणको सिकाइमा प्रवेश गर्न सकेकामा खुसी व्यक्त गरे । महेन्द्र माविमा धर्नामा १२ र घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीमा १२ गरी २४ जनाले यो भाषालाई सिकिरहेको बताउए । उहाँले पहिलो चरणमा औपचारिकरूपमा बोल्न सिकाइएको, दास्रो चरणमा लेख्न र पढ्न सिकाइएको र तेस्रो चरनमा व्याकरण सिकाइएको आलेले बताउए । चौथो चरणमा भाषा जोगाउनलाई बोल्न सिकाउनुपर्छ भन्ने मान्यताले सिकाइ अगाडि बढाउने उनले बताउए ।