आर्थिक

काँग्रेस नेता शर्माले भेटे कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको परिवारलाई

२१ माघ, काठमाडौँ । नेपाली काँग्रेसका माहमन्त्री तथा सांसद विश्व प्रकाश शर्माले कम्बोडियाको एक होटलमा आगो लागेपछि १२ औं तलाबाट हाम्फाल्दा जीवन गुमाएका निराकार पाण्डेको घरमा पुगेर पाण्डेको परिवारलाई भट् गरि समवेदना व्यक्त गरेका छन् ।

मृत्यु सामुन्ने छँदा निराकारले दृढतापुर्वक बोलेका शब्द र भावना सदैव स्मृतिमा रहने भन्दै काँग्रेस नेता शर्माले झापा बिर्तामोडको घरमा पुगेर सपरिवारमा गहिरो समवेदना व्यक्त गरे । शर्माले आफ्नो फेसबुक पेजमा बाबा अल्बेज लभ्स यु भन्दै निराकारले जाँदाजाँदै आफुभित्रको साहस बलियो ढंगले उजागर गरेको स्मृति गरेंको उल्लेख छ ।

यस अघि कम्बोडियामा घटना भएको लगत्तै निराकार पाण्डेको परिवारजन भेट्न शर्मा झापा बिर्तामोडको घरमा पुगेको थिएँ ।