आर्थिक

आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य कति ?

२४ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलवार आज नेपाली बजारमा सुन तथा चांदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायले गत सोमवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय निर्धारण गरेको थियो । भने तेजावी सुन प्रतितोला १ लाख ४ हजार सय रुपैंया कायम गरेको थियो ।

यता, चादीको मूल्यपनि प्रतीतोला १ हजार ३ सय २० निर्धारण भएको थियो । आज गत सोमवारकै निर्धारीत मूल्यमा कारावार हुने नेपाल सुनचाँदी व्यवसाय संघले जनाएको छ ।