राजनीति

प्रधानमन्त्री दाहाल र कांग्रेस महामन्त्री गगनबीच भेटबार्ता

२६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटघाट भएको छ। बिहीबार बिहान प्रधानमन्त्री दाहाल र महामन्त्री थापा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने सन्दर्भमा महामन्त्री थापाले प्रधानमन्त्रीलाई भेटेका हुन् । राष्ट्रपतिमा अहिलेसम्म नेपाली कांग्रेस र एमालेले उम्मेदवार उठाउने सार्वजनिक गरिसकेका छन् ।

कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारमा माओवादी केन्द्रको समर्थन प्राप्त गर्न कांग्रेस नेताहरु लागिरहेका छन् । प्रधानमन्त्रीसँग डेढ घण्टाको भेटपछि थापा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् ।