खेलकुद

स्कटल्याण्डका खेलाडीले सन्दिपसँग मिलाएनन् हात

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु खेल्न आएका स्कटल्याण्डका खेलाडीहरूले नेपालका क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन इन्कार गरेका छन । खेल सकिए पछि मैदानका दुवै टिममा सहभागी रहेका खेलाडीहरूले हात मिलाएर भातृत्व दर्शाउने गरिन्छ ।

लामिछानेमाथि नाबालिग बलात्कारको मुद्दा अझै अदालतमा विचाराधीन रहेको छ । उनलाई अदालतले धरौटीमा छाडेको थियो । बलात्कारको आरोपीलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना हुदैआएको छ।

आजको खेल नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो । सो खेलमा लामिछानेले १० ओभर बालिङ्ग गर्दै २७ रन खर्चेर ३ विकेट लिएका थिए ।