मनोरञ्जन

पल शाहलाई सफाइ दिएको भन्दै उच्च अदालत पोखरामा विरोध प्रदर्शन

१९ फागुन, पोखरा । नाबालिका यौन दुराचार गरेको मुद्दामा अभिनेता पल शाहलाई सफाइ दिएको भन्दै उच्च अदालत पोखरामा विरोध प्रदर्शन भएको छ । उच्च अदालतको फैसला विरुद्ध एक समूहले आज उच्च अदालत पोखरामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।

न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै प्लेकार्ड बोकेर युवायुववतीहरूले प्रदर्शन गरेका हुन् ।

सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन, पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार,न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने ? पोलेर बोलेको’, ‘बलत्कारलाई प्रवद्र्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको प्लेकार्ड बोकेर विरोध गरेका हुन् ।