सुदूरपश्चिम

हेडक्वाटरको निर्देशनपछि माओबादीले काँग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई बिश्वासको मत दिने पक्का !

२१ फागुन, सुदूरपश्चिम । नेकपा माओबादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई मतदान गर्ने भएको छ ।
यसअघि शाहलाई मतदान नगर्ने बताएको माओबादी केन्द्रलाई माओबादीको हेडक्वाटरले काँग्रेस नेतृत्वमा बनेको सुदूरपश्चिम प्रदेश सरकारलाई मतदान गर्न निर्देशन दिएपछि उक्त निर्णय भएको हो ।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले बिश्वासको मत पाउन नसकेपछि उक्त सरकार ढल्दै काँग्रेसका शाह ठूलो पार्टीको हैशियतले संबिधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका थिए । काँग्रेस सबैभन्दा ठूलो दल भएपनि सुपमा १९ सीटमात्र छ काँग्रेसले बिश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ । माओबादी केन्द्रले साथ दिएपछि २७ मत पुर्याउन काँग्रेसलाई असहज हुन्न ।

नागरीक उन्मुक्ती लगायतका दलको पनि मुख्यमन्त्री शाहलाई समर्थन छ । ३० दिनभित्र बिश्वासको मत लिनुपर्ने सुप सरकारले आज बिश्वासको मत दिने कार्यक्रम रहेको छ । यसैबीच अन्तिम सहमती खोज्न सुपबाट ८ दलको बैठक बसिरहेको जनाईएको छ ।